भारतीय लोकसभा चुनाव : सन्नी देवललाई ५० हजारको अग्रता

 जेठ ९, २०७६ बिहिबार १२:२०:१३ | एजेन्सी
unn.prixa.net

सात चरणमा सम्पन्न भएको भारतीय लोकसभा चुनावको मतगणना जारी छ । भारतीय निर्वाचन आयोगका अनुसार, भारतीय जनता पार्टी सबैभन्दा अघि छ । 

त्यसैगरी पूर्व बलिउड अभिनेता तथा भारतीय जनता पार्टीका उम्मेदवार सन्नी देवल पनि  मतगणना चलिरहँदा निकै अगाडि देखिएका छन् । 

पञ्जाबको गुरुदासपुरबाट चुनावी मैदानमा उत्रिएका सन्नी देवल निकटमत प्रतिद्वन्द्वी भारतीय कांग्रेसका सुनिल जखारभन्दा झण्डै ५० हजार बढी मतले अगाडि छन् । 

ताजा मतगणना अनुसार, सन्नीले दुई लाख ५६ हजार आठ सय ७१ मत प्राप्त गर्दा सुनिलले दुई लाख ७ हजार छ सय आठ मत प्राप्त गरेका छन् । गुरुदासपुरबाट चुनावी मैदानमा उत्रिएका अन्य पार्टीका उम्मेदवार भने निकै कमजोर देखिएका छन् । 

अन्तिम अपडेट: चैत ४, २०८०

1 Comments

  • Rajkumar

    May 23, 2019, 12:34 p.m.

    Best of luck sani jee

  •  0 Reply

तपाईको प्रतिक्रिया