डोजरले खनेको खाल्डोमा डुबेर सात वर्षीय बालकको ज्यान गयो

 जेठ १०, २०७६ शुक्रबार १६:२७:४५ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली - मरिन गाउँपालिका–७ बाह्रबिसेमा मरिन खोलामा पौडी खेल्ने क्रममा डोजरले खनेको खाल्डोमा डुबेर सात वर्षीय बालक मनिष श्रेष्ठको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय कपिलाकोटका अनुसार, मरिन खोलामा कालिका कन्स्ट्रक्सनले नियमविपरीत कच्चा पदार्थ उत्खनन गर्न खनेको खाल्डो नपुर्दा पानीमा डुबेर बालकको ज्यान गएको हो । 

कालिका कन्स्ट्रक्सनले चैत मसान्तसम्म डोजरले मरिणखोलामा खनेका जोखिमयुक्त खाल्डो तत्काल पुर्ने प्रतिबद्धता जनाएको थियो । 

तर कन्स्ट्रक्सनले खाल्डो नपुर्दा बालकको ज्यान गएको प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले बताउनुभयो ।     


 

अन्तिम अपडेट: चैत २७, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया