पाकिस्तानी क्रिकेट कमिटीका प्रमुख मोहसिन खानले दिए पदबाट राजीनामा

 असार ५, २०७६ बिहिबार २०:४४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानी क्रिकेट कमिटीका प्रमुख मोहसिन खानले पदबाट राजीनामा दिएका छन् ।

जारी विश्वकपमा पाकिस्तानको खराब प्रदर्शनका कारण टिमको चौतर्फी आलोचना भइरहेका बेला खानको राजीनामाले पाकिस्तानी क्रिकेटलाई झनै दबाब उत्पन्न भएको छ ।

पाकिस्तानी क्रिकेट टिमका महत्वपूर्ण सदस्यसमेत रहिसकेका खानले राजीनामा दिएपछि उनकाे ठाउँमा वसिम खानले अध्यक्षको जिम्मेवारी लिएका छन् ।

विश्वकपपछि मोहसिनलाई अर्को जिम्मेवारी दिने सम्भावना रहेको पनि जनाइएको छ ।

कमिटीका नयाँ प्रमुख वसीम खानले केही समय पहिला क्रिकेट कमिटीको काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

पाकिस्तानी क्रिकेटको सिस्टम सुधारको आवश्यकता रहेको भन्दै आवाज उठाउँदै आएका उनैलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया