त्रियुगा नगरपालिका परिसरमा राखिएको प्रेसर कुकरभित्र कपडाका टुक्रा !

 असार ६, २०७६ शुक्रबार ११:२४:४७ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका कार्यालय परिसरभित्र भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ ।  

शुक्रबार बिहान कपडाको झोलामा बेरिएर राखेको शंकास्पद बस्तु बम नभएको १८ नम्बर बाहिनी भुल्केबाट आएको नेपाली सेनाको टोलीले पुष्टि गरेको हो ।

१८ नम्बर बाहिनीको टोलीले शंकास्पद बस्तु डिस्पोज गरी हेर्दा कपडाको रातो झोलाभित्र कुकरको कार्टुन, कार्टुनभित्र कुकर, कुकरभित्र कपडाको टुक्रा, तार र टेपमात्र रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढा मगरले बताउनुभयो ।

शंकास्पद बस्तु कसले किन राखेको हो भन्ने विषयको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २८, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया