चार दिनअघि बाढीले बगाएर बेपत्ता भएका व्यक्तिकाे शव फेला

 साउन १०, २०७६ शुक्रबार १७:५९:११ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली – चार दिन अघि बाढीले बगाएर बेपत्ता भएका गोलान्जोर गाउँपालिका–४ किराँतेका १७ वर्षीय खुमराज बजगाईँकाे शव  फेला परेको छ ।

स्थानीय, प्रहरी र आफन्तले खोजतलास गर्दा उनको शव गोलान्जोर गाउँपालिका–४ को बिमेरे खोलाको दोभानमा शुक्रबार फेला पारिएको प्रहरीले जनाएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट घर जाने क्रममा बजगाईँलाई गएको साउन ६ गते राति रानीखोलामा आएको बाढीले बगाएको थियो । 

बजगाईँसहित सिन्धुलीमा अहिलेसम्म बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ६ पुगेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताउनुभयो । सिन्धुलीमा बाढी पहिरोमा परि अझै तीन जना हराइरहेका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया