चितवनमा खाेर अभाव भएपछि मान्छे खाने बाघलाई बर्दिया पठाइयाे
मंसिर १९, २०८० मंगलबार
काठमाण्डौ - ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका काठमाण्डाै उपत्यकाका ढुंगेधारा (हिटी) पछिल्लो समय लोप हुँदै गएका छन् ।
लिच्छवीकालीन समयमा काठमाण्डौ उपत्यकामा पानीको सहज व्यवस्थापनका लागि हिटी प्रणालीको विकास गरिएको थियो । काठमाण्डौ, भक्तपुर र ललितपुरमा सयौं ढुंगेधारा थिए । यहाँका बासिन्दाले यही हिटी प्रणालीमार्फत नै पानीको उपभोग गरिरहेका थिए ।
कलात्मक तथा सांस्कृतिक पहिचान बोकेका ढुङ्गेधारा व्यवस्थापन गर्ने कतिपय हिटी नासिसकेका छन् । कतिपय हिटी मासिने खतरामा छन् । पहिले पहिले उपत्यकाका बस्तीहरु टारमा थिए । खोलानाला तल हुन्थे । टारमा पानी पुर्याउने विकल्पको रुपमा यो हिटी प्रणालीको विकास भएको थियो ।
तर पछिल्लो समय पाश्चात्य तरिकाबाट पाइपमार्फत पानी ल्याएर वितरण गर्न थालेपछि यस्ता हिटी प्रणालीको बिस्तारै लोप हुने क्रम सुरु भएको शहरी योजनाविद् पद्मसुन्दर जोशी बताउनुहुन्छ ।
यो परम्परागत प्रणाली कसरी व्यवस्थापन गरिएको थियो अनि कसरी सञ्चालनमा थियो भन्नेबारे बेवास्ता गर्दा अहिले धेरैजसो हिटीहरु सुकिसकेका छन् ।
काठमाण्डौ उपत्यकामा पानीको व्यवस्थापन स्थानीय स्रोत साधनको प्रयोग गर्दै यही हिटी प्रणालीमार्फत गर्नु उचित हुने शहरी योजनाविद् जोशी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मेलम्ची जस्ता बाह्य योजनाको आश गर्नु बुद्धिमत्तापूर्ण होइन ।’
हाम्रा हिटी, पोखरी, राजकुलो जस्ता परम्परा बचाउन सके उपत्यकाको पानीको समस्या समाधान गर्न सकिन्छ ।