कालङ्गा जलविद्युत आयाेजनामा बाढी: बनेका संरचना र निर्माण सामग्री बगे

 साउन २३, २०७६ बिहिबार २०:२९:३२ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - लगातारको वर्षाले कालंगा खोलामा बाढी आउँदा बुंगल नगपालिकामा निर्माणाधीन कालंगा जलविद्युुत आयाेजनामा क्षति पुगेको छ ।

दुई दिनसम्म परेको अविरल वर्षाका कारण मंगलबार राति पानीकाे सहत बढेपछि कालंगा जलविद्युुत आयाेजनामा बाढी पसेको र बाढीले आयाेजनाकाे नहर, सिमेन्ट, सरिया, दुई वटा क्रसर मेशिन, गिट्टि, बालुवा तथा दुई डाेजर पुरेको छ  ।

महाप्रबन्धक विवस अमात्यका अनुसार २१ गते राति २ बजे पाउटामा रहेको अफिसमा सरक्षाकर्मी सहित सबै कामदारहरु सुतेका बेला नदीमा ठूलो आवाज आएकाे र बाहिर आउँदा नहर, काम गर्न जम्मा गरेको बालुवा, गिट्टि, सरिया बगाइसकेकाे र दुई वटा क्रसर मेसिन पुरी सकेको थियो ।

केही ढिलो थाहा पाएको भए किनार नजिक सुतिरहेका कामदारसमेत ठूलो मानवीय क्षति हुने तर त्याे भने टरेकाे अमात्यले बताउनुभयो । खोलामा बढेको पानीले नजिकै रहेको पाउटाको बस्तीमा समेत भागदौड मचिएको स्थानीय बासिन्दाले बताए।

६ महिनामा गरेको सबै काम राति एकाएक आएको बाढीले बगाउँदा आयाेजनालाई ठूलो क्षति पुगेको छ । आयाेजनाका जीप र सामान ढुवानी गने ट्याक्टर, एक्स्क्याभेटर समेत नदीमा डुबेका छन् भने औजारहरु समेत छरपष्ट छन् ।

पहिलाे नदीमा यति ठूलो बाढी आएको सम्झाना नभएकाे र यो जीवनमा पहिलो पटक कालंगा नदीमा ठूलो बाढी आएको देखेको पाउटाका स्थानीय मनबिर बोहराले बताए । उहाँका अनुसार ठाँउ ठाँउमा जथाभावी सडक कटान गरेका कारण बाढी आएको हो । 

जिल्लाकै दुर्गम मानिने बुंगल नगरपालिकामा सञ्चालन हुन लागेको कालंगा गाड जलविद्युत आयाेजना ७५ मेगावट क्षमताको रहेको छ । अहिलेसम्म ६५ प्रतिशतभन्दा बढी काम पूरा भइसकेकाे छ । २०७७ सालमा काम सम्पन गर्ने लक्ष्य भए पनि विभिन्न मानवीय, वातावरणीय लगायतका समस्याका कारण ताेकेकाे समयमा काम सम्पन्न हुने देखिँदैन। 

अन्तिम अपडेट: बैशाख १, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया