ठूलो परिणामको लागुऔषधसहित उदयपुरबाट २ जना पक्राउ

 साउन २८, २०७६ मंगलबार १५:१७:१ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – त्रियुगा नगरपालिका वडा नम्बर ६ लालपत्तामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सिराहाको भगवानपुर गाउँपालिका वडा नम्बर २ बस्ने २० वर्षीय मुकेशकुमार यादव र २३ वर्षीय रमेशकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनीहरुलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट स ७ प ८८०९ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याएको फेनारगन एम्पुल १ सय थान, नोर्फिन एम्पुल १ सय थान, डाईजोल्याब एम्पुल १ सय थान र नगद ७ हजार २ सय ३० रुपैयाँ बरामद गरेको हो । 

पक्राउ परेका यादव र महतोलार्ई जिल्ला प्रहरी कार्यालय उदयुर लगिएको र थप अनुसन्धान भैरहेका प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया