आगलागीबाट करोडौंको क्षति

 जेठ ७, २०७५ सोमबार ७:७:३० | सुमन पुरी
unn.prixa.net

 सुनसरीको इटहरीबजारमा राति आगलागी भएको छ । जलपा स्कूल अगाडि रहेका ४ वटा कपडा पसलमा आगलागी भएको हो । आगलागीबाट ४ वटै पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ । राति लागेको आगो प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा निभाइएको छ । आगो लाग्नुको कारण भने खुलेको छैन । 

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया