दाङमा एक जना मृत फेला

 भदौ ८, २०७६ आइतबार १२:२०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – भारतबाट रोजगारी गरेर फर्कँदै गरेका दाङको बंगलाचुली गाउँपालिका रानीबाँसका २३ वर्षीय लालु घर्ती घोराहीमा मृत अवस्थामा भेटिएका छन् ।

रोजगारी गरेर फर्कँदै गरेका लालु घर्तीसहित ६ जना घोराहीको एक होटलमा शनिबार राति बास बसेका थिए । आइतबार बिहान घर्ती मृत अवस्थामा होटलको कोठामा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

घोराहीको ट्राफिक चोकमा रहेको शंकर होटलमा शनिबार राति साढे ८ बजे घर्तीसहित अन्य ६ जना बास बसेको र २०६ नम्बरको कोठामा घर्ती मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया