रणबीरले भने, – ‘आलिया मेरो क्रस हुन्’

 जेठ ७, २०७५ सोमबार १०:२३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

ranabir and alia


बलिउडमा अहिलेका हट कपल भनेर चिनिने जोडी हो रणबीर र आलिया भट्टको जोडी । आलिया अभिनित फिल्म ‘राजी’ स्क्रिनिङमा यी दुबै एक साथ एउटै गाडी चढेर उपस्थित हुनु र अभिनेत्री सोनम कपूरको विवाहमा एक–अर्काको हात थाम्दै उपस्थित हुनु जस्ता क्रियाकलापले अहिले यो जोडीको चर्चा हुन थालेको छ ।

केही वर्ष अघिमात्र फिल्म उद्योगमा आफ्नो करियरको सुरुवात गरेकी आलियाले विभिन्न अन्तरवार्ताको क्रममै आफू रणबीर कपूरको ठूलो फ्यान रहेको र आफू रणबीरको क्रस भएको बताउने गरेकी थिइन् । आलियाले कुनै न कुनै कार्यक्रम तथा अन्तरवार्तामा रणबीरको प्रशंशा गरिरहेकी हुन्थिन् । 

केही वर्षपछि यी सबै सबै कुरा उल्टो भइरहेको छ । हालै एक अन्तरवार्तामा रणबीरसँग ‘आलियाले तपाईँ उनको क्रस रहेको बताउँदै आएकी छिन्, यसमा के भन्नु हुन्छ ? भनेर प्रश्न गर्दा रणबीरले बिना कुनै संकोच भने, ‘आलिया अब मेरो क्रस हुन् ।’ 

रणबीरले आलिया र आफूबीचको हल्लालाई साँचो बनाइदिएका छन् । यी दुवैले आफूहरुको प्रेम सम्बन्ध बारेमा सार्वजनिक रुपमा खुलेर नबताए पनि प्रेममा रहेको थुप्रै संकेत भने दिईसकेका छन् ।  

आलिया र रणबीर निर्देशक अयान मुखर्जीद्वारा निर्देशित फिल्म ‘ब्रह्मास्त्र’मार्फत पहिलो पल्ट एकसाथ दर्शकमाझ आइरहेका छन् । करण जोहरले निर्माण गर्ने यस फिल्ममा अमिताभ बच्चनको पनि विशेष भूमिका रहनेछ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया