न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
विश्व फुटबल महासंघ फिफाको नयाँ वरीयतामा नेपाल पाँच स्थान माथि उक्लिएको छ ।
फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ६६ स्थानबाट एक सय ६१ औंँ स्थानमा पुगेको हाे । विश्व वरीयतामा दक्षिण एसियाली देशमा भारत सबैभन्दा अगाडि रहेको छ । एक स्थान तल झरेको भारत एक सय चार औँ स्थानमा छ । यस्तै माल्दिभ्स एक स्थान तल झर्दै एक सय ५३ स्थानमा पुगेको छ ।
भुटानले पनि एक स्थान सुधार गर्दै एक सय ८५ औंँ स्थानमा उक्लिएकाेकाे छ । श्रीलंका दुई स्थान तल झर्दै दुई सय दुईमा पुगेको छ । यस्तै पाकिस्तानले एक स्थान सुधार गर्दै दुई सय तीन औँ स्थानमा उक्लिएकाे छ ।
— AFC (@theafcdotcom) September 19, 2019
1️⃣ Iran remain Asia's best#FIFARanking pic.twitter.com/E9OrCrMR2i
पछिल्लो पटक फिफा विश्वकपको दोस्रो चरणमा नेपालले दुई खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा हारेको थियो भने एक खेल जितेको थियो ।