गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलकाे भूकम्प गयाे

 असोज ४, २०७६ शनिबार ८:३१:४३ | रासस
unn.prixa.net

गाेरखा - गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान चार रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।     एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया