कारागारका ७६ कैदीबन्दी एकसाथ बिरामी, उपचारमा समस्या

 असोज ५, २०७६ आइतबार ७:४६:५७ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाम कारागारका ७६ कैदीबन्दी एकसाथ बिरामी परेपछि उपचारमा समस्या भएको छ ।

कारागारका ७२ पुरुष र ४ महिला गरी ७६ जना कैदीबन्दी एकैपटक बिरामी परेका हुन् । बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिएको कारगार प्रमुख प्रदिप श्रेष्ठले जानकारी दिनु भयो । उनीहरु करिब ५ दिन अघिदेखि बिरामी परेका हुन् । 

प्रमुख श्रेष्ठले भन्नुभयो ‘एकैपटक ठूलो समूहमा बिरामी परेकाले उनीहरुलाई अस्पताल लैजान समस्या भएको छ । सबै बिरामीलाई एकै पटक अस्पताल लैजान असम्भव भएकाले कारागारमा नै चिकित्सक बोलाएर जाँच भइरहेको कारागारले जानकारी दिएको छ  ।

एक सय पुरुष र २५ महिलाको क्षमता रहेको इलाम कारगारमा अहिले २ सय ३८ पुरुष र २३ महिला कैदीबन्दी रहेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया