म्याग्दीको कोटखोलामा आएको बाढी गाउँ पस्यो, २ बालिका सम्पर्कविहीन, २ घर भत्किए

 असोज ५, २०७६ आइतबार ८:३५:४६ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – बेनी नगरपालिका–२ ज्यामरुककोटको कोटखोलामा आएको बाढी शनिबार राति बस्तीमा छिरेपछि भागदौड हुँदा २ जना बालिका सम्पर्कविहीन भएका छन् । 

बेनपा, बगरफाँट बस्ने पार्वती परियारकी १० वर्षीया छोरी प्रविना परियार र यही ठाउँ बस्ने अनिता परियारकी ६ वर्षीया छोरी अनुस्का परियार सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

बाढीका कारण बगरफाँटका रेशम जुग्जाली र विष्णु परियारको एकतले टिनले छाएको तथा ब्लकले बनाएको घर भत्केको प्रहरीले जानकारी दिएको छ । 

खोलामा आएको बाढी बस्तीमा पसेर क्षति पुर्‍याउन थालेपछि भागदौड हुँदा २ जना बालिका सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । सम्पर्कविहीन बालिकाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

बाढीबाट के–कति क्षति भयो भन्नेबारे थप विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया