यो वर्ष विश्वभर १ करोड ७० लाख वटा विद्युतीय गाडी बिक्री हुने ...
बैशाख ११, २०८१ मंगलबार
चौथो स्थानमा रहेर विश्वकप अन्त्य गरे पनि इंग्ल्याण्डका कप्तान तथा मुख्य स्ट्राइकर ह्यारी केनका लागि भने सुखद खबर छ । विश्वकपको सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुट पुरस्कार उनले पाउने निश्चित जस्तै भएको छ ।
केनले विश्वकपका सात खेलमा ६ गोल गरेका छन्, जसमा एउटा ह्याट्रिक र तीन पेनाल्टी सामेल छ ।vउनले समूह चरणको खेलमा ट्युनिसियाविरुद्ध २ गोल गरेका थिए भने पानामाविरुद्धको खेलमा ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै उनले अन्तिम १६ को खेलमा कोलम्बियाविरुद्ध १ गोल गरेका थिए ।
४ गोलसहित उनलाई पछ्याइरहेका रोमेलु लुकाकुले आजको खेलमा गोल गर्न असमर्थ भए । फ्रान्स र क्रोएसियाका कुनै पनि खेलाडीले ३ भन्दा बढी गोल गरेका छैनन् ।
केनलाई भेट्टाउनका लागि फ्रान्सका केलियन एम्बाप्पेलाई अवसर छ । उनले विश्वकपमा अहिलेसम्म ३ गोल गरेका छन् । फाइनलमा उनले ह्याट्रिक गरे भने केनलाई भेट्नेछन् ।