रुस विश्वकप : अनुमान विपरित नतिजा

 असार ३१, २०७५ आइतबार ७:३०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

रुस विश्वकपमा धेरै नतिजा अपेक्षाकृत रहन सकेन ।

समूह चरणबाटै जर्मनीको बहिर्गमन, कोरियासँगको उसको अप्रत्यासित हार, रुसको क्वार्टर फाइनल प्रवेश, बेल्जियमसँग ब्राजिलको हार, कोलम्बियाविरुद्ध जापानको जित आदि ।

यस्ता नतिजा धेरै आए, जुन फुटबल हेर्ने दर्शक र खेलाडी समेतको अनुमान विपरित थियो । यो एउटा पाटो हो ।

उद्घाटन खेलको कुरा गरौं । यो खेलमा रुसले एसियाली राष्ट्र साउदी अरेबियालाई ५–० ले हरायो ।

प्रिक्वार्टर फाइनलको रुस भर्सेस स्पेन, जुन खेलमा रुस पेनाल्टी सुटआउटमा विजयी भयो । प्रिक्वार्टर फाइनलकै अर्को उरुग्वे र पोर्चुगलबीचको खेल, जुन खेलमा उरुग्वे २–१ ले विजयी भयो । यी नतिजाहरुले यो प्रमाणित गरिदिएको छ कि खेल जित्नका लागि बल पोजेसन हैन, गोल हान्नु जरुरी छ ।

रुस र साउदी अरेबियावीचको खेलमा आयोजकले ३९ प्रतिशत बल पोजेसन कायम गरेपनि उसले पाँच गोल प्रहार गरेको थियो । स्पेनविरुद्धको खेलमा पनि जम्मा २१ प्रतिशत बल पोजेसन कायम गरेको रसियाले पेनाल्टी सुटआउटमा जित हात पार्याे ।

पोर्चुगलविरुद्धको प्रिक्वार्टर फाइनलमा उरुग्वेले ३३ प्रतिशत बल पोजेसन बनाएको थियो । तर याे खेलमा इडिन्स काभानी नायक बन्दा खेलमा उरुग्वे विजयी भयो ।

यो विश्वकपमा पोसेसनको विपरितका नतिजा आए । आइसल्याण्डसँग बराबरीमा रोकिँदा अर्जेन्टिनाले ७८ प्रतिशत पोजेसन कायम गरेको थियो । ब्राजिल मेक्सिकोसँग पराजित हुँदा उसको बल पोजेसन ७२ प्रतिशत थियो ।

एक दशक अघि स्पेन फुटबलको उदय भयो । सन् २००८ मा युरो कप, २०१० मा विश्वकप र सन् २०१२ को युरोकप जित्दै स्पेनले झण्डै एक दशक स्पेनको टिकी–टाका शैली लोकप्रिय एवं सफल भयो ।

पेप ग्वार्डिओलाले ल्याएको टिकी टाका ‘क्रान्ति’का कारण स्पेनले विश्व फुटबलमा राज गरेको थियो । टिकी–टाकाको एउटै सिद्धान्त थियो, ‘पोजेसन छ भने विपक्षीले गोल गर्ने मौका पाउँदैन ।’ बार्सिलोना छोडेर पेप जर्मन क्लब बायर्न म्युनिखमा आवद्ध भए ।  त्यसबेला बायर्नले जम्मा दुई खेल हारेर बुण्डेस लिगाको ट्रफी उचाल्यो र त्यसको लगत्तै भएको विश्वकपमा जर्मनी च्याम्पियन बन्यो ।

तर यो विश्वकपमा पेपको प्रशिक्षण राष्ट्र इंग्ल्याण्ड सेमिफाइनलमा नै रोकियो ।  लेस्टर सिटीले प्रिमियर लिग जित्दा उ पोजेसनमा निकै पछि थियो ।

यो विश्वकपमा त्यस्तै नतिजा आएका छन् । तीनवटा टिमले ६५ प्रतिशत भन्दा बढी बल पोसेसन आफ्नो पक्षमा राखे ।
स्पेन ७४, जर्मनी ७२ र अर्जेन्टिना ६६, तर दुईवटा टिमले समूह चरण पार गर्नका लागि ठूलै संघर्ष गर्नु परेको थियो ।  जर्मनी त समूह चरणबाटै घर फर्कियो ।

इलिमिनेसन हुनु पाँच मिनेट अघि मार्कोस रोहो मैदान प्रवेश गरेपछि नाइजेरियाविरुद्ध जित दिलाएर अर्जेन्टिनालाई जोगाए तर त्यसपछि फ्रान्ससँग पराजित हुँदा पनि उसको बल पोजेसन ६० प्रतिशत थियो ।

उरुग्वेका प्रशिक्षक ओस्कार टाबारेजले बल पोजेसन कब्जा गर्ने रणनीति बनाएका थिए । ‘मैले इटालीमा काम गरेको थिएँ, जहाँ बल पोजेसन भन्दा पनि गोल गर्ने मौकामा बढी गृहकार्य हुन्छ । यो विश्वकपमा मेरो रणनीति गलत सावित भयो ।’ उरुग्वे प्रतियोगिताबाट बाहिरिएपछि टाबारेजले भने ।

स्पेन, जर्मनी र अर्जेन्टिनाका लागि बल पाजेसन ‘निस्कृय’ पास मात्र सावित भयो । समूह चरणमा मोरक्कोविरुद्धको खेलमा बल पोजेसनको बावजूद स्पेनले खेलमा ठूलो संघर्षपछिमात्र बराबरी गर्न सफल भयो । समूह चरणका ५२ खेलमा १६ टिमले ६५ प्रतिशतभन्दा बढी बल पोजेसन राखेका थिए, तर पाँच टिमलेमात्र जित हात पार्न सके ।

नकआउट चरणमा पनि यस्तै नतिजा आए ।

विश्वकप २०१८ ले पोजेसनले गोल गर्ने मौका सिर्जना नगर्दो पनि रहेछ भन्ने प्रमाणित गरिदिएको छ । विजयी टिमका डिफेन्डरहरु पूरा ९० मिनेटमा अनुशासित रहँदै विपक्षीलाई गोलको अवसर नै दिएनन् ।  उनीहरुले काउन्टर अट्याकमा अग्रपंक्तिका खेलाडीलाई धेरै मौकाहरु दिएका थिए ।

भिडियो एसिस्टेन्ट रेफ्रीको प्रयोगले यो विश्वकपमा कीर्तिमानी संख्यामा पेनाल्टी दिइयो ।  सँगसँगै डेड बलपछिको अवस्थामा पनि धेरै गोल भए ।

क्यामराले हरपलको निगरानीका कारण डिफेन्डरले विपक्षी टिमका फरवार्डहरुसँग पनि अनुशासित व्यवहार गरे ।कमजोर टिमहरुले यो कुरालाई मध्यनजर गर्दै डेडबलबाट पाउन सक्ने फ्रिकिक, कर्नर र पेनाल्टीको अवसर कुरिरहे । जुन सफल पनि भयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया