भन्सार छली ल्याइएका ३२ खसीबोका सशस्त्र प्रहरीको नियन्त्रणमा

 असोज १४, २०७६ मंगलबार १७:५१:१५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - भारतबाट ल्याउँदै गरेको ३२ वटा खसीबोका महाेत्तरीकाे जलेश्वरबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

भन्सार छली ल्याएको ३२ खसीबोका मंगलबार दिउँसो महोत्तरीको जलेश्वर नगरपालिका-५ विसनपुरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दशैँका लागि भन्सार छली गरी भित्र्याइएको खसीबोका नियन्त्रणमा लिएर जलेश्वर भन्सार कार्यालयलाई बुझाएको सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर गण जलसागरका प्रमुख प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

भन्सारमा बुझाइएको खसीबोका २ लाख मूल्य बराबरको रहेको जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया