सोमबार कोरियन वनको भाउ बढ्यो

 असोज २७, २०७६ सोमबार ११:८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सोमबार कोरियन वनको भाउ बढेको छ भने अमेरिकी डलर लगायत अन्य धेरै मुद्राको भाउमा कुनै परिवर्तन भएको छैन । 

सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९४ पैसा तोकेको छ । यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा तोकेको छ ।

सोमबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ १५ पैसा तोकेको छ । आइतबार यसको १ को खरिददर २९६ रुपैयाँ ८४ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०२ पैसा छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०८ पैसा बिक्रीदर २७ रुपैयाँ २२ पैसा तोकेको छ । 

कोरियन वनको भाउ भने एक पैसाले बढेको छ । आज कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा पुगेको छ । हिजो यसको १ सयको खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा तोकेको थियो ।  

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ११ पैसा पुगेको छ । सोमबार बहराइन दिनारको भाउ भने केही पैसाले घटेको छ ।

आज बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३०२ रुपैयाँ १५ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३०० रुपैयाँ ६० पैसा र बिक्रीदर ३०२ रुपैयाँ १९ पैसा थियो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया