हेलिकप्टरबाट महिलाको उद्धार

 असोज २८, २०७६ मंगलबार ६:३५:२५ | रासस
unn.prixa.net

रुकुम – मृत शिशुलाई जन्म दिएर थला पर्नुभएकी रुकुमपूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी ३१ वर्षीया सरलमाया पुनको उद्धार गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहकार्यमा हेलिकप्टरबाट सोमबार पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताउनुभयो । 

यही असोज १७ गते स्वास्थ्यचौकी मैकोटमा मृत शिशुको जन्म दिएपछि उहाँको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो । स्वास्थ्यकर्मीले विशेषज्ञ डाक्टरकहाँ गएर औषधोपचार गर्न सल्लाह दिए पनि परिवारको लापरवाहीका कारण उहाँ घरमै बसिरहनुभएको थियो ।

१७ गतेदेखि बिरामी पर्नुभएकी पुन आज बिहान अचेत अवस्थामा पुगेपछि हेलिकप्टरबाट उद्धार उपचारका लागि पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया