विप्लव समूहका २१ नेता तथा कार्यकर्तालाई सरकारी वकिल कार्यालयमा पेश

 कात्तिक १, २०७६ शुक्रबार १३:४४:४६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - प्रहरीले पक्राउ गरेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका २१ जना नेता कार्यकर्तालाई सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

म्याद थपका लागि दाङ देउखुरी जिल्ला अदालत पेश गर्नुअघि उनीहरुलाइ सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

पक्राउ गरिएका सबैलाइ शुक्रबार बिहान ११ बजेबाट घोराहीमा रहेको सरकारी वकिलको कार्यालयमा लगिएको छ । अहिले उनीहरुको सरकारी वकिलको कार्यालयमा पालैपालो बयान लिने काम भैरहेको छ । सरकारी वकिलको कार्यालयमा बयानपछि उनीहरुलाइ थप अनुसन्धानका लागि म्याद थपको मागसहित जिल्ला अदालत पेश गरिने छ ।

बुधबार मध्यरातमा दाङको राजपुरको मुग्रेठा खोला गाउँबाट प्रहरीले ६ जना केन्द्रीय सदस्यसहित २१ जनालाई पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: चैत १०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया