यूएईमा बहुपक्षीय छलफल भयो : मन्त्री विष्ट

 कात्तिक १, २०७६ शुक्रबार १३:५३:३७ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – संयुक्त अरब इमिरेट्स (यूएई) आउनु भएका श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यूएई भ्रमणमा बहुपक्षीय छलफल भएको बताउनुभयो ।

दुबईमा भएको मन्त्रीस्तरीय पाँचौँ आबुधाबी डायलगमा सहभागी हुन मंगलबार यूएई आउनु भएका मन्त्री बिष्टले विभिन्न देशका मन्त्री तथा उच्चसरकारी अधिकारीसँगको भेटमा बहुपक्षीय छलफल भएको र छलफल सकारात्मक भएको बताउनु भएको हो ।

यूएई भ्रमण सकेर फर्किनुअघि उज्यालोसँग कुरा गर्दै मन्त्री विष्टले दुबईमा विभिन्न देशका समकक्षीसँग छलफल भएको बताउनुभयो । मन्त्री विष्टले श्रमबजारमा श्रमिकको सुरक्षा र भविष्यबारे नेपाल सरकारले गरेको नीतिगत सुधार र कार्यन्वयनको विषयलाई अन्तर्राष्ट्रिय समुदायले उदाहरणका रुपमा चर्चा गर्ने गरेको बताउनुभयो ।

यूएई भ्रमणका बेला नेपाली कामदारका समस्या र समाधानका उपाय थप नजिकबाट बुझ्ने अवसर पाएको भन्दै मन्त्री विष्टले आफूले गर्नुपर्ने विषय नेपाल फर्किएलगत्तै सम्बोधन गर्ने बताउनुभयो ।

आबुधाबी डायलगमा बिहीबार सम्बोधन गर्नुभएका मन्त्री बिष्ट शुक्रबार साँझ नेपाल फर्किँदै हुनुहुन्छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Rupak

    Oct. 19, 2019, 3:14 a.m.

    कागजमा मात्र भएर भएन ब्यबहारमा हुनु पह्यो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया