शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
दाङ - देउखुरीको राजपुर गाउँपालिका-४ मुङग्रेठाबाट पक्राउ परेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका नेताहरुको साथबाट प्रहरीले हतियारसहित महत्वपूर्ण कागजात बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका व्यक्तिहरु तथा उनीहरुको साथबाट बरामद गरेका हतियार, नगदसहित अन्य महत्वपूर्ण दस्तावेजहरु शुक्रबार सार्वजनिक गरेको हो । प्रहरीले प्रेस विज्ञप्ति जारी गरेर ६ थान पेस्तोल, २ थान म्यागजिन, ९ वटा गोली, एउटा सुलती बम, ३ लाख ८४ हजार ५ सय तीस रुपैयाँ नगद बरामद गरेको उल्लेख गरेको छ ।
साथै ३७ थान मोबाइल सेट, ग्लोबल आईएमईको ४ वटा चेक, २१ वटा झोला, १६ वटा डायरी, १३ वटा विभिन्न राजनैतिक दर्शनका किताब, चन्द उठाउन प्रयोग हुने ३० वटा लेटर प्याड र पार्टीको स्ट्याम्प छाप एक थान बरामद भएको प्रहरी प्रवक्ता डिीएसपी विनोदविक्रम शाहले जानकारी दिनुभयाे ।
बरामद गरेका हतियारमध्ये दुई वटा पेस्तोल लोड गरिएको अवस्थामा रहेकाे प्रहरीले जनाएको छ । नेकपाका नेताहरुको महत्वपूर्ण बैठक बसिरहेको भन्ने सूचना पाएको प्रहरीले बैठकस्थल नै नियन्त्रणमा लिएर पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज विरजंग भनिने चन्द्रबहादुर चन्दसहित २१ जना नेताहरुलाई गिरफ्तार गरेको थियाे । चन्द्रबहादुर चन्द नेत्रबिक्रम चन्दका दाजु हुन् ।
पक्राउ पर्नेहरुमा राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाँठा सुबाष, युवा संगठनका केन्द्रीय अध्यक्ष दिपराज सेर्पाली पाटन, रोल्पा जिल्ला इन्चार्ज सन्तोष सुबेदी प्रयास, न्यायिक विभाग संयोजक रामबहादुर थापा सहित २१ जना रहेका छन् ।
पक्राउ परेकाहरुलाई संगठित अपराध तथा राज्यविरुद्धको अपराधमा मुद्धा दर्ता गरेर कारबाही सुरु भएको प्रहरीले जनाएको छ । उनीहरुको बैठकमा पार्टीका प्रमुख महासचिव नेत्रबिक्रम चन्द विप्लव उपस्थित हुने भन्ने सूचना प्रहरीलाई आए पनि त्यसबारे केही खुलेको छैन ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।