मलेसियामा एक जना नेपालीकाे ज्यान गयाे

 कात्तिक ३, २०७६ आइतबार १२:३२:२८ | रासस
unn.prixa.net

काठमाण्डौ – रोजगारीका लागि मलेसिया जानुभएका दाङका एक जनाको ज्यान गएको छ । 

शान्तिनगर गाउँपालिका २ को बाघमारे भन्ने ठाउँका ४२ वर्षीय मोहन केसी (कान्छो) को गएको असोज २९ गते नेपाली समयअनुसार बेलुका साढे चार बजेतिर ज्यान गएको हो । 

दशैँको टीकाका दिन एक्कासी बेहोस भएपछि उपचारका लागि उहाँलाई मलेसियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा ज्यान गएको आफन्त सुरेश ओलीले बताउनुभयो । 

केसी डीएचएल सप्लाई चैन कम्पनीमा  ‘सेक्युरिटी गार्ड’ को रुपमा काम गर्न एक महिनाअघि मात्रै मलेसिया जानुभएको थियो । उहाँको शव सोमबार नेपाल ल्याउने तयारी भएको ओलीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया