दाङमा माइक्राे बस र अटो ठोक्किँदा एक जनाको ज्यान गयाे

 कात्तिक १४, २०७६ बिहिबार १०:२०:५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुरमा अटो र माइक्राे बस एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अन्य ३ जना गम्भीर घाइते भएका छन् ।

 नेपालगञ्जबाट तुलसीपुर आउँदै गरेको बा२ख ३९५९ नम्बरको माइक्राे बस र तुलसीपुरबाट जाँदै गरेको रा१ह ३५४९ नम्बरको अटो स्थानीय स्टार बोर्डिङ निजिकै बुधबार बेलुकी अबेर ठोक्किएको प्रहरीले बताएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा तुलसीपुर–१६ की लक्ष्मी चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख हरिहरनाथ योगीले जानकारी दिनुभयो ।

घटनामा गम्भीर घाइते भएकी मृतककी १७ महिनाकी छोरी आदिसा चौधरी र अर्का व्यक्ति ईश्वरी प्रसाद बस्नेतलाई भारतको लखनउमा उपचारको लागि लगिएको छ  । त्यसै ठाउँका अर्का घाइते प्रविन चौधरीको  कोहलपुरमा उपचार भइरहेकोे प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया