म्याग्दी बस दुर्घटना : घाइते सबैकाे परिचय खुल्याे

 कात्तिक १८, २०७६ सोमबार १३:१५:२० | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – मालिका गाउँपालिका ७ को बिममा आइतबार साँझ बस दुर्घटनामा परेर गम्भीर घाइते भएका पाँच जनालाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ ।   

त्यस्तै दुर्घटनामा घाइते भएकामध्ये पाँच जनाको बेनी अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनाका अन्य घाइतेहरु बेनी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा उपचार गरी घर फर्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

दरबाङबाट बिमका लागि छुटेको ग १ ख ४४७६ नम्बरको बस बिमको गलघण्टीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको थियो । 

दुर्घटनामा गुल्मीको कालीगण्डकी गाउँपालिका २ को अर्बेनीकी ३० वर्षीया विष्णु पाण्डे, म्याग्दीको मालिका गाउँपालिका ७ को बिमकी ७० वर्षीया सतदेवी भट्टचन, नौ वर्षीय बालक रवि जुग्जाली र ११ वर्षीया बालिका आयुसा जुग्जालीले ज्यान गुमाएका थिए । 

मृतकहरुको शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । दुर्घटनामा परेर घाइते भएका २८ जना सबैको परिचय खुलेको प्रहरीले जनाएको छ । 

घुम्तीमा टर्निङ नपुगेर बस दुर्घटना भएको बताइएको छ भने बसका चालक इलाका प्रहरी कार्यालय दरबाङको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो । 

बस सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो । बसमा चालकसहित ३३ जना रहेको प्रहरीले जनाएको छ । 

घाइतेहरुको विवरण 

म्याग्दीकाे मालिका गाउँपालिका ७ बिमका ६० वर्षीय राजमान दर्जी, ५३ वर्षीय हुमबहादुर जुग्जाली, ३८ वर्षीय पलप्रसाद जुग्जाली, २६ वर्षीया नरदेवी परियार, २६ वर्षीया दिलु शेरपुञ्जा, ६ वर्षीया कृष्टिना जुग्जाली, ६१ वर्षीया तनदेवी जुग्जाली, ६० वर्षीया चन्द्रकली दजी, ३८ वर्षीया पलदेवी जुग्जाली, अन्दाजी १८ वर्षीय सुरेश जुग्जाली, ३१ वर्षीया लीला जुग्जाली, ३० वर्षीया सरु विक, ३२ वर्षीया सोममाया सुनार ।   

म्याग्दीको बेनी नगरपालिका ९ घतानका १६ वर्षीय बिसन खत्री, बेनी नगरपालिका ४ राक्सेका १७ वर्षीय गौरव पौडेल, १९ वर्षीय प्रमिस पौडेल, बेनी नगरपालिका ३ भकिम्लीका ३५ वर्षीय केशव शर्मा, मालिका गाउँपालिका २ रुमका १८ वर्षीय खगेन्द्र छन्त्याल, धवलागिरी गाउँपालिका ३ मुना दरकी १८ वर्षीया रिलमाया बुढा, मंगला गाउँपालिका ५ छिस्बाङका २२ वर्षीया रमिला खत्री, मालिका गाउँपालिका ४ चिउरीबोटकी १८ वर्षीया खिममाया घर्ती, मालिका ७ बिमकी ३० वर्षीया ज्योति जुग्जाली, २८ वर्षीया आशिष जुग्जाली, बेनी नगरपालिका ६ की प्रतिक्षा सुवेदी, मंगला गाउँपालिका ५ की १६ वर्षीया मुना शर्मा ।   

बागलुङको ताराखोला गाउँपालिका ५ का १७ वर्षीय विजय कँडेल, जैमिनि नगरपालिकाका २८ वर्षीय दुर्गा किसान र १९ वर्षीय अम्मर दर्जी ।

स्रोतः जिल्ला प्रहरी कार्यालय, म्याग्दी 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया