गोली हानेर अपहरणकारी पक्राउ, अपहरणमा परेका बालकको सकुशल उद्धार

 कात्तिक २०, २०७६ बुधबार ९:१९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – वीरगञ्जको सिर्सिया खाल्वाटोलाबाट प्रहरीले गोली हानेर एक जना अपरहणकारी पक्राउ गरेको छ । साथै अपहरणमा परेका काभ्रेका एक बालकको पनि सकुशल उद्धार भएको छ ।

प्रहरीले मंगलबार राति पर्साको पोखरीया नगरपालिका–८ बस्ने राजकुमार दासलाई गोली हानी नियन्त्रणमा लिएको हो । गोली दासको दाहिने खुट्टामा लागेको छ ।

दास पक्राउबारे जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार १० बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने  प्रहरी प्रमुख सोमेन्द्रसिंह राठोरले बताउनुभयो ।

काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले दासमाथि गोली चलाएको एसपी राठौरले बताउनुभयो । 

गोली लागेर घाइते भएका अपहरणकारीको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया