दाङ र कपिलवस्तुको सीमाबाट ५ थान एसएमजी र ३९० राउण्ड गोली बरामद

 कात्तिक ३०, २०७६ शनिबार ११:५:२७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - प्रहरीले दाङ र कपिलवस्तुको सीमाक्षेत्रअन्तर्गत कपिलवस्तुको शिवनगरबाट ५ थान शर्ट मेसिन गन(एसएमजी) र त्यसमा लाग्ने म्याग्जिन र गोली बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको टोलीले खाली गोठमा लुकाइराखेको अवस्थामा ती हतियार बरामद गरेको छ । बरामद गरिएका हतियारमा ५ थान एसएमजी, म्याग्जिन १३ थान, त्यसमा प्रयोग हुने ३९० राउण्ड गोली रहेको जिल्ला प्रहरी कार्यायल दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) विनोदविक्रम शाहले जानकारी दिनुभयो ।

विप्लव समूहले हातहतियार दाङ र कपिलवस्तुको सिमाना हुँदै स्थानान्तरण गर्दछन् भन्ने विशेष सूचनाका आधारमा गएको प्रहरी टोलीले शुक्रबार बेलुकी कपिलवस्तुको शिवनगर नगरपालिका वडा नम्बर १ बाट ती हतियार बरामद गरेको हो ।

हतियार सुटकेसभित्र राखी पात पतिङ्गर र झारपातले छोपी लुकाइ राखेको अवस्थामा फेला परेको डीएसपी शाहले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • Lok nath

    Nov. 16, 2019, 1:16 p.m.

    Short mechine gun haina sub mechine gun vanx

  •  0 Reply

तपाईको प्रतिक्रिया