सत्तामा हुँदा पनि कालापानीको विषय उठाएकै हूँ : सभापति देउवा

 कात्तिक ३०, २०७६ शनिबार १३:२३:५ | रासस
unn.prixa.net

फाइल फाेटाे

कञ्चनपुर - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सत्तामा रहँदा कालापानीको विषय जोडदार रूपमा उठाएको बताउनुभएको छ । 

कञ्चनपुरको महेन्द्रनगरमा शनिबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका उहाँले वर्तमान सरकारले लिपुलेक, कालापानीलगायत सीमा अतिक्रमणका विषय सशक्त रुपमा उठान नगरेको आरोप लगाउनुभयो । 'कालापानी नेपालको भू–भाग हो', उहाँले भन्नुभयो, 'मैले बेला–बेला कालापानीको विषय उठाउँदै आएको छु ।' महाकाली सन्धिमा महाकाली नदी सीमा नदी उल्लेख गरिएको दाबी गर्दै उहाँले महाकालीको पानी पनि आधा–आधा हुने सन्धिमै स्पष्ट रहेको बताउनुभयो ।

त्यस्तै सभापति देउवाले कुटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताउनुभएको छ । उहाँले सरकाले राष्ट्रवादको नारा दिए पनि त्यसअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया