जर्मनी र नेदरल्याण्ड्स युरो कपमा स्थान बनाउन सफल

 मंसिर १, २०७६ आइतबार ७:२०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्को वर्ष हुने युरो कपका लागि जर्मनीले आफ्नो स्थान सुरक्षित गरेको छ । टोनी क्रुजले दुई गोल गर्दा जर्मनीले बेलारुसलाई ४–० ले हराउँदै जर्मनी समूह सीको शीर्ष स्थानमा उक्लिएको छ ।

मोन्चेनग्लाडबाकमा मैदानमा भएको खेलमा माथियास जिन्टरले ४१औँ मिनेटमा गोल गर्दै जर्मनीलाई हाफटाइम अघि एक गोलको अग्रता दिलाएका थिए ।

दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा लियोन गोरेज्काले गोल गरेपछि जर्मनीले अग्रता दोब्बर बनायो । 

५५औँ मिनेटमा टोनी क्रुजले गोल गर्दै जर्मनीको अग्रता ३–० मा लम्ब्याए । ८३औँ मिनेटमा टोनी क्रुजले ब्यक्तिगत दोस्रो गोल गरे । इल्के गुन्डोगानले पेनाल्टी एरियामा पास दिएपछि क्रुजले दुई जना डिफेन्डरलाई छलाएर गोल गरेका थिए ।

जितसँगै जर्मनी समूह सीको शीर्ष स्थानमा उक्लिँदै अर्को वर्ष हुने प्रतियोगितामा स्थान बनाउन सफल भएको छ ।

यो समूहबाट नेदरल्याण्ड्स पनि छनोट भएको छ ।

उत्तर आयरल्याण्डलाई गोलरहित बराबरीमा रोक्दै नेदरल्याण्ड्सले सन् २०१४ पछि पहिलो मुख्य प्रतियोगिता खेल्ने अवसर पाउने भएको हो । जर्मनीभन्दा नेदरल्याण्ड्स दुई अंकले पछि छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया