संखुवासभामा गोरुले हानेर एक महिलाको ज्यान गयो

 मंसिर १, २०७६ आइतबार १२:४८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा – संखुवासभाको खाँदबारी नगरपालिका—११ हरेलो गाउँमा गोरुले हानेर एक महिलाको ज्यान गएको छ । 

ज्यान गुमाउनेमा स्थानीय ७३ वर्षीया वृद्धा फुर्वा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताउनुभयो ।

उहाँका अनुसार, शनिबार बिहान आफैँले पालेको गोरुले हानेर गम्भीर घाइते भएकी शेर्पालाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । शेर्पाको उपचारकै क्रममा अस्पतालमा नै ज्यान गएको हो । 

मृतकको शव पोस्ट मार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया