मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको ज्यान गयो
बैशाख ११, २०८१ मंगलबार
दैलेख - दैलेखका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने काममा उच्छृङ्खल गतिविधि भएका छन् ।
चिनियाँ प्राविधिक टोलीले दैलेखको श्रीस्थान, नाभीस्थान, धुलेश्वर र पादुका क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि जमिन खन्ने, चिनो लगाउनेलगायतका काम गरिरहेको छ । तर प्राविधिकले खनेका १० देखि १२ मिटर गहिरा खाल्डा पुर्ने, ढुंगा भर्ने, चिन्ह मेटाइदिनेलगायतका उच्छृङ्खल काम भैरहेका छन् । चिनियाँ प्राविधिकलाई पेट्रोलियम पदार्थको अन्वेषणमा अफ्ठेरो पर्ने भएकाले उच्छृङ्खल काम नगरिदिन जिल्ला प्रशासन कार्यालय दैलेखले अनुरोध गरेको छ ।
‘जान्ने बुझ्ने र ठूला मान्छेले त्यस्ता काम गरे भन्ने हामीलाई लाग्दैन, साना केटाकेटी र गोठालाहरुले अञ्जानमा त्यस्ता काम गरेका हुन सक्छन्, हामीले सम्बन्धित स्थानीय तहलाई पत्र लेखेर सचेतना जगाउन भनेका छौँ ।’ दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले उज्यालो अनलाइनसँग भन्नुभयो ।
४० जनाको चिनियाँ टोलीले अहिले २० वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि काम गरिरहेको छ ।
नेपालमा २०७२ सालमा संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाएको थियो । त्यसपछि सरकारले नेपालमै भएका पेट्रोलियम पदार्थको अन्वेषण गर्ने घोषणा गरेको थियो । यो काममा चीनले सहयोग गरिरहेको छ । दैलेखका विभिन्न भागमा वर्षौंदेखि आगोको ज्वाला बलिरहेकाले त्यहाँ पेट्रोलियम पदार्थ रहेको अनुमान वैज्ञानिकले गरेका छन् ।