बझाङमा भूकम्प गयाे, दिल्लीसम्म धक्का महसुस

 मंसिर ३, २०७६ मंगलबार २०:११:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – बझाङको खप्तडछन्ना गाउँपालिका–१, पौवागढी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

मंगलबार बेलुकी ७ बजेर १५ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बझाङलगायत सूदुर पश्चिम प्रदेशका अरु जिल्ला र कर्णाली प्रदेशका जिल्लाहरुमा पनि महसुस गरिएको थियो । त्यस्तै प्रदेश ५ का बर्दिया, दाङलगायतका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पबाट क्षति भने नभएको खप्तडछन्ना गाउँपालिका-१ का वडाअध्यक्ष हिक्मत खत्रीले जानकारी दिनुभयो ।

बझाङको खप्तड केन्द्रबिन्दू भएर गएको भूकम्पको धक्का भारतको राजधानी दिल्ली, उत्तराखण्ड र उत्तर प्रदेशका केही भागमा समेत महसुस गरिएको इण्डिया टुडेले जनाएको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

2 Comments

  • मदन भट्ट

    Nov. 19, 2019, 8:36 p.m.

    बझाङ जिल्ला मा गएको सानो झट्काको टाढा सम्म पनि महसुस हुनुको कारण ??

  •  0 Reply
  • मदन भट्ट

    Nov. 19, 2019, 8:29 p.m.

    बझाङ मा गएको सानो भूकम्पको झट्का दिल्ली, उत्तराखण्ड र नेपालगंज सम्मका तराई जिल्लाहरुमा समेत व्यापकता हुनुको कारण थाहा हुँ सकेन बिज्ञहरुले उत्तर दिनु हुन्छकि |

  •  0 Reply

तपाईको प्रतिक्रिया