पहिले कांग्रेसले जितेको इन्द्रावती ८ मा पनि नेकपा विजयी

 मंसिर १४, २०७६ शनिबार २१:५३:३२ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको वडा नम्बर ८ को अध्यक्षका लागि भएको उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केदारनाथ आचार्य विजयी हुनु भएको छ ।

आचार्यले नेपाली कांग्रेसका अशोक तामाङलाई हराउनु भएको हो । आचार्य ७१२ मत ल्याएर विजयी हुनु भएको हो । तामाङले भने ४३९ मत प्राप्त गर्नुभयो ।

इन्द्रावती गाउँपालिका ८ मा भएको उपचुनावमा एक हजार एक सय ७७ मत खसेको छ । त्यसमध्ये १२ मत बदर भएको थियो । एक हजार चार सय ४ मतदाता रहेकोमा ८३.६९ प्रतिशत मत खसेको हो ।

यस वडामा यसअघि कांग्रेसले जितेको थियो । वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधन भएपछि यहाँ पुनः चुनाव भएको हो । 

अन्तिम अपडेट: चैत ११, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया