धुलिखेल २ मा नेकपाका उम्मेदवार कोइराला विजयी

 मंसिर १४, २०७६ शनिबार २२:१८:३८ | कपिल कोइराला
unn.prixa.net

काभ्रेपलाञ्चोक – धुलिखेल नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का उम्मेदवार देवप्रसाद कोइराला विजयी हुनु भएको छ ।

नेकपा उम्मेदवार कोइराला ८६७ मतसहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दर्णबहादुर खत्रीले ५८२ मत प्राप्त गर्नुभयो ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार कृष्णबहादुर तामाङले १५ मत प्राप्त गर्नुभयो । त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बासु थापाले भने मात्रै ६ मत प्राप्त गर्नुभयो ।

धुलिखेल २ मा जम्मा १५०२ मत खसेको थियो भने ३२ मत बदर भएको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया