कपिलवस्तुबाट राजपाले खाता खोल्यो

 मंसिर १४, २०७६ आइतबार ५:४४:४७ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - शिवराज नगरपालिका १० लालपुरमा भएको उपचुनावमा राजपाकी उम्मेदवार मन्जु मिश्रले जित हासिल गर्नु भएको छ । निर्वाचन कार्यालयका अनुसार खसेको १ हजार ७ सय २२ मतमध्ये ८ सय ६८ मत ल्याई उहाँ विजयी हुनुभएको हो ।

नेपाली कांग्रेसका देव भारती ले ४ सय ६५ र नेकपाका अदालत मनिहारले १ सय ४७ मत ल्याउनुभएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया