स्वर्ण जित्नेहरु

 मंसिर १८, २०७६ बुधबार १७:३८:५३ | उज्यालो सहकर्मी

काठमाण्डौ – दक्षिण एसियाली खेलकुदको इतिहासमा नेपालले स्वर्ण पदकको संख्या शतक पुर्‍याएको छ । सक्षम कार्कीले तेक्वान्दोमा बुधबार स्वर्ण जितेसँगै नेपालले सागमा स्वर्णको शतक बनाएको हो ।

१२ औं सागसम्म ७१ स्वर्ण जितेको नेपालले जारी १३ औं संस्करणमा २९ स्वर्ण जितेसँगै नेपाल एक सय स्वर्ण पूरा गरेको हो । पुरुष ८७ केजी तौल समूहमा सक्षमले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जित्न सफल भए । उनले पाकिस्तानका वकार अलीलाई २७-९ स्कोरले हराए ।

जारी सागमा अहिलेसम्म करातेले १० र तेक्वान्दोमा ११ स्वर्ण जितेको छ । यस्तै उसु, साइक्लिङ, एथ्लेटिक्स, ट्रायथोलनमा स्वर्ण हात पारेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया