८२ वर्षको उमेरमा सम्बन्ध विच्छेद !

 मंसिर १९, २०७६ बिहिबार १४:४६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – जिल्ला अदालत अर्घाखाँचीमा एक ८२ वर्षीय वृद्धले श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका छन् ।

भूमिकास्थान नगरपालिका वडा नम्बर ७ नुवाकोट कवेली पोखराका ८२ वर्षीय इश्वरीप्रसाद खनालले ५३ वर्षीय श्रीमती कमला खनालसँग सम्बन्ध विच्छेद गर्नु भएको हो । २०५६ सालको असार १७ गते खनालले हालको पाणिनि गाउँपालिका साविकको पाली गाविस निवासी कमला आचार्यसँग दोस्रो विवाह गर्नु भएको हो । पहिलेकी श्रीमती घरमा भए पनि छोरा नभएको भन्दै उहाँले घरपरिवारको राजीखुशीमै दोस्रो विवाह गर्नु भएको हो ।

छत्रदेव गाउँपालिका वडा नम्बर ४ केरुंगा निवासी ६५ वर्षीय जगलाल न्यौपानेले सोमबार ३८  श्रीमती तुलसा न्यौपानेसँग सम्बन्ध विच्छेद गर्नु भएको थियो । २०५६ सालमा मागी विवाह गरेका उहाँले विवाह भएको २० वर्षपछि जिल्ला अदालतमा आएर सम्बन्ध विच्छेद गरेका जिल्ला अदालतका श्रेस्तेदार गम्भीर घिमिरेले बताउनुभयो । उनीहरु मात्र हैन अर्घाखाँचीमा सम्बन्ध विच्छेद गर्ने जोडीका संख्या बढिरहेको छ । यस आर्थिक वर्ष अर्थात साउनदेखि यता ५४ जोडीले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका छन् ।

सम्बन्ध विच्छेद गर्नेमा ८० प्रतिशतभन्दा वर्ष  ३० वर्षमुनिका रहेका छन् ।  अर्घाखाँची जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका रहेका छन् ।

गत आर्थिक वर्षमा जिल्ला अदालत अर्घाखाँचीमा १ सय ३८ वटा मुद्दा सम्बन्ध विच्छेदका रहेको जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अदालतमा आएका मुद्दामध्ये अधिकांश मुद्दा सम्बन्ध विच्छेदका रहेका छन । गएको कात्तिक महिनामा मात्र १४ जोडीले सम्बन्ध विच्छेद गरेका थिए ।’

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया