१३ औँ साग : भाराेत्ताेलनमा नेपालकी सञ्जु चौधरीलाई स्वर्ण

 मंसिर १९, २०७६ बिहिबार १८:३०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद सागमा भाराेत्ताेलनमा नेपालकी सञ्जु चौधरीले स्वर्ण जितेकी छिन् ।

पोखरामा भएको प्रतिस्पर्धामा सञ्जुले ५९ केजी तौल समूहमा नेपालका लागि स्वर्ण जितेकी हुन् । उनले क्लिन एण्ड जर्कमा ९७ र स्न्याचमा ७४ गरी कुल एक सय ७१ किलाे तौल उचालिन् ।

याे स्वर्णसँगै सागमा भाराेत्ताेलनमा स्वर्ण जित्ने सञ्जु पहिलो महिला खेलाडी बनेकी छिन् ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया