देश अहिले अप्ठ्याराे परिस्थितिमा रहेकाे छ : पूर्व राजा शाह

 मंसिर १९, २०७६ बिहिबार १९:३२:५८ | देव पचभैया
unn.prixa.net

पाल्पा - पूर्व राजा ज्ञानेन्द्र शाहले देश अहिले अप्ठ्याराे परिस्थितिमा रहेकाे बताउनु भएकाे छ ।

तानसेनमा रहेकाे भगवती मन्दिरको बिहीबार दर्शनपछि पूर्व राजा शाहले अहिले देखिएको समस्या समाधानका लागि सबै नेपाली मिल्नुपर्ने बताउनुभयाे । देशमा शान्ति हुनुपर्छ भन्दै उहाँले शान्तिपूर्वक बाँच्नको लागि सबै नेपाली मिल्नुको विकल्प नभएको बताउनुभयो ।

देश समस्यामा परेको छ भन्ने कुरा सबैले महसुस गरेको भन्दै पूर्व राजा शाहले सबै मिलेर मात्रै जित हुने  बताउनुभयाे । झण्डै २०  मिनेट पैदल यात्रा गर्नुभएका शाहलाई तानसेनमा भव्य स्वागत गरिएको थियो । पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गर्न गाउँगाउँबाट आएका नागरिक  हात हातमा फूलमाला लिएर बसेका थिए ।

अन्तिम अपडेट: चैत ११, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया