प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै - इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम छैटाैँ स्थानमा छ । शनिबार राति भएको खेलमा बर्नलेमाथि ५–० को फराकिलो जित दर्ता गरेको टोटनह्याम २३ अंकसहित छैटाैँ स्थानमा रहेकाे छ ।
टोटनह्यामकाे जितमा हेरि केनले २ तथा लुकास मौरा, सन मिन र मौसा सिसिकोले एक एक गोल गरे । घरेलु मैदानमा टोटनह्यामका लागि हेरि केनले चौथो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए ।
नवौं मिनेटमा लुकास मौराले गोल गर्दै अग्रता दोब्बर बनाए । सुरुदेखि नै बर्नलेमाथि दबाब दिएको टोटनह्यामले तेस्रो गोल ३२ औं मिनेटमा गरेको थियो ।
पहिलो हाफमा ३ गोल गरेको टोटनह्यामले दोस्रो हाफमा अरु २ गोल थप्न सफल भयो । ५४ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे ।
७४ औं मिनेटमा सिसिकोले टिमका लागि पाँचौं गोल थप्दै फराकिलो जित दर्ता गरे । शनिबार राति नै भएको अर्को खेलमा क्रिष्टल प्यालेस र वाटफोर्ड भने गोलरहित बराबरीमा रोकिएका छन् ।