चितवनमा अटो दुर्घटना हुँदा मृत्यु भएका ५ मध्ये ४ जनाको पहिचान खुल्याे

 मंसिर २२, २०७६ आइतबार ८:२७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - पूर्वी चितवनको राप्ती नगरपालिका–५ मा अटो दुर्घटना हुँदा ज्यान गुमाएका ५ मध्ये ४ जनाको परिचय खुलेको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

शनिबार बेलुकी चेपाङमार्गबाट चौकीडाँडाका लागि छुटेको ना १ ह ६४०९ नम्बरको अटो दुर्घटना हुँदा पर्बत स्थायी घर भई चितवनकै खैरहनी नगरपालिका ८ बस्दै आएका ४९ वर्षका श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका ९ का ४२ वर्षका विश्वमणी भण्डारी, राप्ती नगरपालिका ९ का २५ वर्षकीया मीना खड्का र ३२ वर्षीया माया तामाङको परिचय खुलेको चितवन प्रहरीले जनाएको छ ।  

अन्दाजी ४० वर्षीया महिलाको भने परिचय खुल्न बाँकी छ । दुर्घटनामा घाइते चितवन खैरहनी ३ का २६ वर्षका मणिराम गिरीको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । अटो अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया