दिल्लीको अन्न भण्डारमा आगलागी, ४३ जनाको ज्यान गयाे

 मंसिर २२, २०७६ आइतबार ११:१८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको राजधानी दिल्लीमा रहेको एउटा अन्न बजारमा आगलागि हुँदा ४३ जनाभन्दा धेरैको ज्यान गएको छ ।

दिल्लीको रानी झाँसी रोडमा रहेको अन्न बजारमा बिहान आगलागी हुँदा ४३ जना भन्दा धेरैको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दर्जनौँ कामदार सुतिरहेका बेला आगलागी भएको थियो । आगो लागेको केही समयमा नै दमकल पुगेको भए पनि आगो नियन्त्रणमा लिन कठिनाइ हुँदा धेरैको ज्यान गएको भारतीय प्रहरीले जनाएको छ । 

आगलागीमा परेर १५ जनाभन्दा बढी गम्भीर घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएकाे छ । घटनास्थलमा अहिले पनि उद्दारको काम भइरहेको छ । 

दिल्लीको एलएनजेपी अस्पतालमा पुर्‍याइएका ४९ मध्ये ३४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । बाँकी १५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । 

घाइतेहरुको आरएमएल, एलएनजेपी, हिन्दु राव र सफदरजंग अस्पतालमा उपचार भइरहेको छ । 

घटना लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल लगायतले ट्वीट गर्दै दुर्घटना प्रति दुःख व्यक्त गरेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया