नेताहरूले देशको आर्थिक समृद्धिका लागि राम्रो काम गर्न सकेनन् :...
मंसिर १९, २०८० मंगलबार
बाँके - बाँके राप्ती सोनरी गाउँपालिका ५ की मीना पाण्डेले बाख्रा पाल्न थालेको पाँच वर्ष र किरानापसल सुरु गरेको एक वर्षभन्दा धेरै भयो ।
खसी बेचेरै उहाँले हरेक वर्ष दुई लाख रुपैयाँभन्दा धेरै आम्दानी गर्नुहुन्छ । २५ हजार रुपैयाँबाट सुरु गरेको किराना पसलमा अहिले लगभग डेढ लाख रुपैयाँको सामान छ ।
जानीनजानी सुरु गरेको बाख्रापालन व्यवसाय र किराना पसलको व्यापार गर्दागर्दै उद्यमशीलताको तालिम लिएपछि मीनाको परिचय गृहिणीबाट महिला व्यवसायी हुन थालेको छ ।
नेपालगञ्ज शहरको मध्य भागबाट डुडुवा हुँदै गएको बाटोमा राप्ती नदीको पुल तरेपछि सुरु हुन्छ राप्ती सोनरी गाउँपालिका । गाउँपालिकाको वडा नं ५ मा पर्ने जुरपानीगाउँको पूर्वी कुनामा सडकसितै जोडिएको छ, मीना पाण्डेको घर । घरको अगाडिपट्टि किराना पसल छ । किराना पसलको एक कुनामा छ बाख्राको टाँडे टाट्नो र खोर, जहाँ ५ वर्षदेखि मीनाले पालेका बाख्रा आनन्दले उग्राइरहन्छन् ।