सागमा पदक जित्ने खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारले नगद पुरस्कारसहित सम्मान गर्ने

 मंसिर २७, २०७६ शुक्रबार ७:२३:१४ | रासस
unn.prixa.net

काठमाण्डौ – सुदूरपश्चिम प्रदेश सरकारले भर्खरै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्नेभएको छ ।

सागमा सुदूरपश्चिम प्रदेशबाट नेपालको प्रतिनिधित्व गर्दै पदक जितेका खेलाडीहरुलाई मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मानस्वरुप पुरस्कृत गर्ने घोषणा गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

'खेलाडीहरुको मनोबल बढोस् र उच्च आत्मसम्मान प्रदान गरुन्' भन्ने उद्देश्यले स्वर्ण पदक विजेतालाई जनही १ लाख रुपैयाँ, रजत पदक विजेतालाई ५० हजार रुपैयाँ र कांस्य पदक विजेतालाई ३० हजार रुपैयाँ नगद प्रदान गरिने प्रमुख स्वकीय सचिव ओलीले बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया