वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
मिस नेपाल अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’ २०१९ मा ब्यूटी विथ प्रपस’ अवार्ड जितेकी छिन् ।
यसअघि उनी मल्टिमिडिया अवार्ड जित्दै उत्कृष्ट ४० मा पुगेकी थिइन् ।अनुष्कालेले बनाएको भिडियोले यो अवार्ड जित्न सफल भएको हो ।
गएको वर्ष ‘मिस वर्ल्ड’प्रतियोगितामा नेपालीकी श्रृङ्खला खतिवडाले यी दुवै उपाधि जितेकी थिइन् ।
अनुष्का मिस वर्ल्ड २०१९ को अन्तिम १२ सम्म पुग्न सफल भइन् ।
यस पटक मिस वर्ल्डको ताज भने जमैकाकी सुन्दरी टोनी-एन सिंहले पहिरिइन ।
फ्रान्सकी सुन्दरी ओफेली मेजिनो फर्स्ट रनर अप भइन भने भारतीय सुन्दरी सुमन राव सेकेन्ड रनर अप भइन ।