टिमले साथ दियाे भने याे सिजनको ला लिगा उपाधि जित्न सक्छु : करिम बेन्जिमा

 मंसिर ३०, २०७६ सोमबार १६:१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमाले आफूले यस सिजनको ला लिगा उपाधि जित्ने सपना देखेको बताएका छन् ।

बेन्जिमाले आइतबार भएको भ्यालेन्सियाविरुद्धको खेलमा रियललाई हारबाट जोगाएका थिए । त्यो खेलमा मड्रिडले भ्यालेन्सियासँग १–१ को बराबरीको नतिजा निकालेको हो । 

यस सिजनको पहिलो क्लासिको आउनै लाग्दा बेन्जिमाले आफूले ला लिगा उपाधि जित्न चाहेको बताए । ‘म यस सिजनको ला लिगा उपाधि जित्न चाहन्छु, मेरा टिमका साथीहरुको भरपुर साथ मिल्छ भने म यो गर्न सक्नेछु’, उनले भने ।

साथै बेन्जिमाले आफू रियलको तेस्रो कप्तान भएको र समूहका साथीहरुको साथ पाउने बताए । बेन्जिमा भएको सम्झिँदै त्यो जटिल क्षण भएको बताए ।

‘नोउ क्याम्पमा खेल्न जटिल हुने गर्दछ, सार्थ नोउ क्याम्पको खेल सबैभन्दा महत्वपूर्ण पनि हुन्छ । आशा गरौँ यस सिजन हामीले उत्कृष्ट नतिजा निकाल्ने छौ’, बेन्जिमाले भने ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया