ए डिभिजन लिगमा आर्मीकाे विजयी सुरुवात : फ्रेण्ड्स क्लब २-१ ले पराजित

 मंसिर ३०, २०७६ सोमबार १५:९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत विभागीय टिम त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा आर्मीले फ्रेण्ड्स क्लबलाई २ १ गोल अन्तरले हरायो ।

सातदोबाटोको एन्फा मैदानमा भएको खेलमा आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एक/एक गोल गरे । खेलको पहिलो मिनेटमा नै आर्मीले अग्रता लियो । उसका लागि नवयुग श्रेष्ठले गोल गरे ।  

खेलको सुरुवातमा केही तालमेल मिलाउन नसकेको फ्रेण्ड्स पहिलो हाफमा एक गोलले पछि पर्‍याे । तर दोस्रो हाफको सुरुवातमा नै फ्रेण्ड्सले खेल बराबरी गर्न सफल भयो । आर्मीको डिफेन्सले लापर्वाही गर्दा फ्रेन्ड्सका शक्ति राईले गोल गरे । 

खेल एक एक गोलको बराबरीमा चलिरहेका बेला आर्मीले ८१ औं मिनेटमा फेरि अग्रता बनायो । भरत खवासको कर्नरको पासमा दिनेश हेम्जनले गोल गरे । 

दिनेशले डीबक्समा अनमार्क रहेको फाइदा उठाउन सफल भए । त्यसपछि फ्रेण्ड्स क्लबले गोल गर्न नसक्दा आर्मीले ३ अंक जोड्यो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया