गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न माग
मंसिर १९, २०८० मंगलबार
रौतहटका स्थानीय बासिन्दा अब्दुल सलामकोे बाल्य अवस्था भारतको बिहार राज्यको ढाकामा बित्यो । फाजिल अर्थात स्नातकसम्मको पढाइ भारतबाट गरेका अब्दुलले २३ वर्ष भारतमै शिक्षक भएर बिताएपछि आफ्नै देशमा काम गर्न मन लाग्यो ।
२०६४ सालमा नेपाल फर्केर रौतहटको परौहा नगरपालिकाको वडा नम्बर ९ रामपुरखापमा मदरसा स्थापना गर्नुभयो । अब्दुल ‘मदरसा जामिया मदिनतुस्सलाम’का प्रधानाध्यापक (मौलाना) हुुनुहुन्छ ।
अरबी, उर्दू ,अंग्रेजी, सामाजिक लगायतका विषयसँगै बालविवाह र दाइजो प्रथा हटाउन विद्यार्थीलाई शिक्षा दिनुहुन्छ । मौलाना अब्दुलले बिहे गराउने कामसमेत गर्नुहुन्छ ।
मौलाना अब्दुलले आफ्नो गाउँबस्तीमा बालविवाह र दाइजोप्रथा उन्मूलन गर्न सक्रिय भूमिका निभाउनुभएको छ ।