क्रोएसियाली खेलाडी कालिनिचले विश्वकपको उपविजेताको पदक लिन मानेनन्

 साउन ५, २०७५ शनिबार ८:५५:१३ | एजेन्सी
unn.prixa.net

क्रोएसियाली फुटबल खेलाडी निकोला कालिनिचले विश्वकपको पदक लिन अस्वीकार गरेका छन् । 

क्रोएसियाली सञ्चारमाध्यमहरुका अनुसार उपविजेता बनेको क्रोएसियाका खेलाडी कालिनिचले आफूलाई पहिले नै घर फर्काएको भन्दै पदक लिन अस्वीकार गरेका हुन् । उनले रुस विश्वकपमा नाइजेरियाविरुद्धको एउटा खेलमा मात्रै बेञ्चमा बसेका थिए । 

नाइजेरियासँगको खेलमा ढाडमा समस्या भएका कारण कालिनिच सब्स्टिच्यूटका रुपमा मैदान प्रवेश गर्न उनले अस्वीकार गरेका थिए । खेलको ८५ औँ मिनेटमा प्रशिक्षक ज्लाटको डालिचले उनलाई मैदान प्रवेश गराउन खोजे पनि उनले ढाडमा समस्या भएको भन्दै अस्वीकार गरेका थिए । त्यसैका कारण उनलाइै घर फर्काइएको थियो । प्रशिक्षक डालिचका अनुसार कालिनिचले वार्म अप म्याचमा पनि सहभागी हुन आनाकानी गरेका थिए । 

कालिनिचलाई पदक दिँदा ‘धन्यवाद तर म रुसमा खेलेको थिइनँ’ भन्ने जवाफ आएको बताइएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया